प्रदेश एकका तीन अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम बन्द



विराटनगर । प्रदेश एकका ठूला निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पताल, मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेका हुन् ।

तीनवटै अस्पतालले सूचना जारी गरी आइतबार राति १२ बजेदेखि लागू हुनेगरी सेवा बन्द गरिएको जानकारी दिएका छन् । स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गरेवापत सरकारले भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि सेवा सञ्चालन गर्न असमर्थ हुनु परेको अस्पतालले जनाएका छन् ।

सरकारको बीमा कार्यक्रमअन्तर्गत निजी अस्पतालले पनि सर्वसाधारणलाई बीमावापतको स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएका थिए। । बीमामार्फत नागरिकले गराएको उपचारवापतको रकम सरकारले अस्पतालहरूलाई उपलब्ध गराउनुपर्ने हुन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममार्फत बिरामीको निःशुल्क उपचार गरेवापत स्वास्थ्य बिमा बोर्डले एक अर्ब ४५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालहरूले जनाएका छन् । स्वास्थ्य बीमा बोर्डबाट नोबेलले ५५ करोड, विराटले ४६ र बीएण्डसीले ४४ करोड पाउन बाँकी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कठै मेरो देशः सिमेन्टका जनावरका मूर्ति बनाउँछ, तर स्वास्थ चौकी बन्द हुन्छ

  डा. युवराज संग्रौला । हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ ।

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर । खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना, एकको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी

कैलालीमा २३ वर्षकी आमा र दुई वर्षकी छोरी कोठामा मृत फेला

धनगढी । कैलालीको गोदावरीमा आमा छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा