वाम एकतामा ओलीले अहंकार प्रदर्शन गर्नुभयो



नारायणकाजी श्रेष्ठ ।

हिजो नेचिफ्स भन्ने सँस्थाले “नेपालको भुराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो ” बिषयमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा म पनि सहभागी भएको थिएं।त्यहाँ मैले नेपालका बामपन्थी शक्तिहरुले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति -प्रयत्नलाई नै निरन्तरता दिने हो भने बामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले बामपन्थी शक्तिहरु बीचको तालमेल , मोर्चा र एकताको आवश्यकता रहेको औंल्याएको थिएं।त्यस क्रममा मैले सबै सम्बन्धित पाटी र नेताहरुलाई देश,जनता र बाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै बिनम्रतापुर्बक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएं।

त्यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष क• के पी ओलीले को छ अरु बामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र बामपन्थी भएको खालको बिचार प्रकट गर्नुभयो । क • ओलीले प्रम हुँदा संविधानको प्रावधान बिरुध्द प्रतिनिधि सभा बिघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक बिश्वशनीयता ( क्रेडिबिलिटी ) माथि समेत प्रश्न उठ्ने गरेको बिषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिब्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अहं त तुष्टी गर्ला , तर देश , जनता र बामपन्थी आन्दोलनलाई कुनै योगदान पु-याउने छैन ।

त्यसक्रमा मैले आम नेता ,कार्यकर्ता र बुध्दिजीवी हरुलाई ‘आफ्नो पक्ष ‘ को अन्धतापुर्वक समर्थन र वकालत्त गर्ने वकील जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीक लाई बेठीक भन्ने साहास तथा सँस्कृति प्रदर्शन गरौं भन्ने अपील पनि गरेको थिएं । मैले आत्मालोचक भई बाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकील जस्तो मात्र नहुन उपरोक्त अपील गर्दा समेत हलमा उपस्थित श्रोता सहभागी हरुले कर्तल्ध्वनीका साथ ताली बजाएर समर्थन गर्नु भएको थियो । तिनै श्रोता सहभागी हरुले क• ओलीले अहँकारको प्रदर्शन गर्दै बामएकतामा ठेस पुग्ने गरी बोल्दा पुन: अझ जोडले ताली बजाउनु भयो ।यसले बाम तालमेल र एकतालाई सहयोग पु-याँउछ त ? पु-याउँदैन ।हामी कहिले सच्चिने होला ? गंभीरतापूर्वक सोचौं ।

फेरि पनि म भन्छु , ‘राजनीति ‘ लाई ब्यक्ति वा समुह स्वार्थ केन्दृत धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज बाम तालमेल र एकता नै हो ।त्यसका निम्ति सम्बन्धित सबैले गंभीर अत्म -आलोचक भाव सहित इमान्दार अग्रसरता देखाउनु पर्छ।बेलैमा बुध्दि पु-याऔं,नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ ।त्यसबेला पछुतो मात्र बांकी होला कि ! समयमै सोचौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा

एमसीसीले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखेः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना(एमसीसी) राम्रो रहेको कुरा

सरकारलाई लेखा समितिको निर्देशनः सिमेन्टको मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्नु

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी

‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन’सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय(मन्त्रिपरिषदको निर्णयसहित)

काठमाडौं । सरकारले ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक २०८१’ लाई संसदमा पेश