अमेरिकाबाट बालबालिकाका लागि थप १० लाख डोज खोप सहयोग
काठमाडौं । अमेरिकाबाट बालबालिकाका लागि कोभिडविरुद्धको थप १० लाख डोज खोप आइपुगेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार बिहीबार साँझ फाइजरको १० लाख ८ हजार खोप काठमाडौं आइपुगेको हो ।
अमेरिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ।