मोरङ कारागारमा कोरोना संक्रमण फैलियो, एकजनाको मृत्यु



विराटनगर । मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण फैलिएको छ । यसै क्रममा एक कैदीको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको छ । ज्यान मुद्दाका कैदी नीरबहादुर नेपालको उपचारका क्रममा मृत्यु भएको हो ।

कैदीबन्दीलाई अत्याधिक ज्वरो आएपछि कोसी अस्पतालमा उपचार गर्ने क्रममा एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा यज्ञ खरेलले जानकारी दिए ।

उनीहरुलाई कोभिड अस्पतालमा सार्ने तयारी गरिएको छ । उनकाअनुसार एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ हुने ९९ प्रतिशतलाई कोभिड हुने निश्चित हुन्छ ।

उनीहरुलाई कोसीको कोभिड अस्पतालमा सारेर उपचार गर्ने तयारी भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले बताए । तीनसय जना क्षमताको मोरङ कारागारमा करिव एक हजार कैदीबन्दी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कठै मेरो देशः सिमेन्टका जनावरका मूर्ति बनाउँछ, तर स्वास्थ चौकी बन्द हुन्छ

  डा. युवराज संग्रौला । हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ ।

शुभ बिहानी ! ‘बन्दैछ नेपाल’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर । खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना, एकको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी