उपसभामुखको निर्वाचन असार ३१ गते


काठमाडौं । उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेका हुन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।