‘विचौलिया’ आएको दिनको सीसीटीभी फुटेज किन मेटाइयो ?



काठमाडौँ । अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको बताएको हो ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न निवेदन दिएका थिए । निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने उल्लेख गर्दै त्यसदिनको फुटेज मेटिएको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

  काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव

तत्कालिन सेन्चुरी बैंकका सिईओ पक्राउ

काठमाडौं । प्रहरीले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन पार्टी कमिटीलाई एकीकृत समाजवादीको सर्कुलर

  काठमाडौँ ।  नेकपा  (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा

समसामयिक राजनीतिक परिस्थितिबारे चिनियाँ राजदूतको चासो

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता