एसपीपी रद्द गर्नेबारे अमेरिकालाई पत्र पठाएको छैनः परराष्ट्र मन्त्रालय



काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताएको हो । पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताइन् ।

उनले एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको कहिकतै संलग्नता नभएको समेत स्पष्ट पारेकी छन् । उनले भनिन्, ’अध्ययनकै क्रममा भएकाले पत्र पठाएको छैनौं, उयुक्त समयमा अमेरिकालाई कुटनीतिक माध्यमबाट पत्र पठाउँछौं।’

सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको थियो । केही दिनअघि राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले भने एसपीपी रद्द गर्ने पत्र अमेरिकालाई पठाएको बताएको थिए ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । उनले प्रधानमन्त्रीको भ्रमणको कुरा चलिरहेको र यो भ्रमण अपेक्षित भएको बताइन् । भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लाग्ने पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई