बालबालिकाका लागि फाइजरको थप २२ लाख डोज खोप प्राप्त



काठमाडौं । पाँचदेखि ११ वर्ष उमेर समूहका बालिकाबालिका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय डोज खोप नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

कतार एयरको उडानमार्फत आइतबार बिहान खोप आएको र यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।

दूतावासले भनेको छ, ‘५–११ वर्षका बालबालिकाका लागि अमेरिकी सरकारद्वारा सहयोगस्वरूप उपलब्ध गराएको थप २,२९९,२०० फाइजर पेडियाट्रिक भ्याक्सिनको खोप आज नेपाल आइपुगेको छ! नेपालको कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन पाउँदा हामी गर्व गर्छौं। हाम्रो विश्वव्यापी खोप प्रयासहरूले जीवन बचाउँछन् र महामारीको अन्त्य गर्न मद्दत गर्नेछन् ।’

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ । यसअघि कोभ्याक्समार्फत २२ लाख डोज खोप प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा पोखरामा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले

क्षतिग्रस्त वीपी राजमार्ग पुनर्निर्माण तत्काल सुरु गर्न सरकारसँग सांसद दाहालको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको

अरब संसदका अध्यक्षलाई सभामुखको पत्रः विपिन जोशीको रिहाइका लागि विशेष पहल होस्

काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शिघ्र