विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष



बुटवल । छानबिन समितिले लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको निष्कर्ष निकालेको छ । समितिले शनिवार प्रतिवेदन मुख्यमन्त्री कूलप्रसाद केसीलाई बुझाएको छ । प्रतिवेदन बुझाउँदै समितिका संयोजक एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री घटनामा वलीको कमजोरी भएको बताए ।

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् । साथै घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजोरी रहेको उल्लेख गरिएको छ । उनले आवेगमा आएर बस्नेतको घरमा पुगेर मर्यादाविपरीत काम गरेको छानबिन समितिले ठहर गरेको हो ।

घटनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

शर्माले भने,‘प्रदेश सरकारको माननीय राज्यमन्त्री जस्तो व्यक्ति कुनै विवाहित व्यक्तिको घरमा गई निजको श्रीमती र बालबालिकासँग विवाद गर्नु पदीय मर्यादाअनुसार कमजोरी देखिन्छ । तर घटनास्थलमा असम्बन्धित व्यक्तिहरूको भीड जम्मा भई अतिरञ्जित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिन्छ ।’

वलीले असार २१ गते घटनाको सहजीकरणका लागि भन्दै राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार वलीको निधन भएपछि बिमला तत्कालीन नेकपाबाट दाङ ३ को (ख) उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन् । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिलाई उम्मेदवार नबनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार

माहुरी पालेर प्रशस्त आम्दानी गर्दै दाङका किसान, १२ करोड ९० लाखको मह बिक्री

दाङ । दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक

जे होस्, बाबुरामको यस निर्णयले केही गहिरो सन्देश पनि दिन्छ

जेपी गुप्ता । डा. बाबुराम भट्टराईले आसन्न संसदीय निर्वाचनमा उम्मेदवार नहुने निर्णय सार्वजनिक

तस्बिरमा हेर्नुस् राष्ट्रपति भण्डारीको शक्तिपीठ दर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महत्वपूर्ण शक्तिपीठको दर्शन गरेकी छन् । सोमबार राष्ट्रपति