प्रधानसेनापति शर्माद्वारा राष्ट्रसंघको मुख्यालय भ्रमण



काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेका थिए । भेटमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरुका बारेमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्माले सैन्य मामिला कार्यालय (ओएमए) का सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति परिचालन विभाग (डीपीओ) का उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, परिचालन सहयोग विभाग (डीओएस) का उपमहासचिव अतुल खरे र राजनीतिक र शान्ति निर्माण मामिला विभाग (डीपीपीए) का उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका हुन् ।

चार असारमा लेबनान भ्रमणमा निस्किएका प्रधानसेनापति शर्माले ८ गतेदेखि सिरिया भ्रमण गरेका थिए । १३ असारदेखि अमेरिका भ्रमणमा रहेका उनी १९ गते स्वदेश फर्किने कार्यक्रम छ । भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यूएन मिसन हरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने सेनाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यविधि नबन्दा आवास पुनः निर्माण प्रभावित

  त्रिवेणी । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले

भ्रूण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन

-डा सुधा शर्मा । नेपालका १७ प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको कर्णाली प्रदेश प्रकृतिको

६ महिनामा कर्तव्य ज्यान मुद्दाका ३६० पुरुष र ४६ महिला पक्राउ

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच

सहकारीको ११ करोड हिनामिना गरेको आरोपमा माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका