प्रधानसेनापति शर्माद्वारा अमेरिकी रक्षा अधिकारीहरूसँग भेट



काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

प्रधानसेनापति शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग शिष्टाचार भेट गरेका छन् । त्यस्तै अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडीसँग भेट गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस्तै उनले दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उपसहायक सचिव लिन्डसे डब्लू फोर्डसँग पनि भेट गरेका छन् ।

भेटको क्रममा नेपाल र अमेरिकाबीच सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल तथा विमर्श भएको थियो । साथै, सेनापति शर्माको टोलीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास