विपद्का घटनाको प्रतिकार्यका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले देशभरका सबै अस्पतालाई निर्देशन दिएको हो । मन्त्रालयले यसअघि नै मनसुन पूर्व–तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी सबैको जानकारी एवं आवश्यक कार्यका लागि पठाइसकिएको पनि स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

“सम्बन्धित विपद्का घटना, महामारीलगायत प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, आवश्यकतानुसार शैयाहरूको व्यवस्थापन गर्न, औषधि–उपकरणहरूको तयारी गर्न, अस्पतालहरूसँगको समन्वय गर्न एवं इमरजेन्सी मेडिकल डिप्लोमेन्ट टिम र र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न अनुरोध छ,” मन्त्रालयले सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

  गोरखा । गोरखाको सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण