विपद्का घटनाको प्रतिकार्यका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले देशभरका सबै अस्पतालाई निर्देशन दिएको हो । मन्त्रालयले यसअघि नै मनसुन पूर्व–तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी सबैको जानकारी एवं आवश्यक कार्यका लागि पठाइसकिएको पनि स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
“सम्बन्धित विपद्का घटना, महामारीलगायत प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, आवश्यकतानुसार शैयाहरूको व्यवस्थापन गर्न, औषधि–उपकरणहरूको तयारी गर्न, अस्पतालहरूसँगको समन्वय गर्न एवं इमरजेन्सी मेडिकल डिप्लोमेन्ट टिम र र्यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न अनुरोध छ,” मन्त्रालयले सूचनामा उल्लेख छ ।