आगामी निर्वाचनका लागि सरकारसँग आयोगले माग्यो विद्युतीय मतदान मेशीन



काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश निर्वाचनका लागि विद्युतीय मतदान यन्त्र (ईभीएम) उपब्लध गराउन सरकारलाई आग्रह गरेको छ ।

बिहीबार आयोगले विज्ञप्ति जारी गरी नेपालमै बनेको ईभीएम तत्काल उपलब्ध नभए अन्य मुलुकबाट आयात गरेर भए पनि २०७९ साउन मसान्तसम्ममा प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरेको हो । निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन सरकारसँग ईभीएम माग गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनले विद्युतीय मेशीनको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत सरकारलाई पठाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गलबारदेखि नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल

स्थानीय तह निर्वाचनका सत्तरी प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौँ । विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी

सत्ता गठबन्धनमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मानेर सिट बाँडफाँट हुने

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँटको