राजस्व छलीको अभियोगमा २७ जनाविरुद्ध मुद्दा दर्ता, ४४ करोड बिगो माग दावी



काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो ।

मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश लगायतका राजस्व नतिरेको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँ बराबर बिगो माग दावी गर्दै जरिवानासहित ४४ करोड ३८ लाख रुपैयाँ सजाय माग गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा पशुपति रोड क्यारियर्सका संचालकहरु महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता र कर्मचारीहरु उपेन्द्रकुमार सिंह, अन्जियन आलम छन् ।

त्यस्तै मनकामना सप्लायर्सकी प्रोप्राइटर रेखा जैसवाल, कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ ।

मुद्दा पर्ने अन्यमा आरएनएस इन्टरनेसनलका संचालक अमित प्रधान, व्यवस्थापक सुजित महर्जन, कर्मचारी श्यामप्रसाद बस्याल, अरुण क्लोथ सपका प्रोप्राइटर चन्द्रबहादुर श्रेष्ठ, कर्मचारी जयबहादुर भट्ट, मुख्य कारोबारी भारतीय नागरिक अभिषेक कुमार छन् ।

एनए इम्पेक्सकी प्रोप्राइटर रिमा केडिया, मुख्य कारोबारी सुभासचन्द्र अग्रवाल, एआर साडी कलेक्सनका प्रोप्राइटर भारतीय नागरिक सोहन शाह, कारोबारी नन्दनकुमार, एजिलिटी मार्केटिङका सञ्चालक तीर्थराज पुरी, खुसी साडी कलेक्सनकी किरणदेवी साह, एचएमडीएम इन्टरप्राइजेजका सुरेश श्रेष्ठ, राजकुमार एण्ड सन्सका राजकुमार अग्रवाल, मिलाप सिंघलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

न्यू उत्सव ट्रेड कन्सर्नका लिला गौतम, कारोबारी दामोदर रिमाल, फेसन ब्वाई सेन्टरका दिनेश्वरकुमार ओझा र सोही कम्पनीका सुमितकुमार डाल्मियाविरुद्ध मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय