प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिने औपचारिक भ्रमणका क्रममा अमेरिका पुगेका छन् । उनी संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू रहेका लेबनान र सिरियामा निरीक्षण गरी त्यहाँ पुगेको नेपाली सेनाले जनाएको छ । शर्माले सोमबार भर्जिनियाको क्वान्टिमा अवस्थित नेसनल म्युजियम फ द मरिन क्रप्स र मरिन क्रप्स बेसको अवलोकन गरेका छन् ।

साथै, प्रधानसेनापति शर्माले त्यहाँका सैनिक अधिकारीहरुसँग भेटवार्ता पनि गरे । शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण पनि गरे । शर्माले अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्रीसँग वासिङ्टन डीसीमा भेटवार्ता गरेका थिए । शर्मा न्युर्योकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा पनि जाने कार्यक्रम रहेको छ । उनी असार १७ मा फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै