काठमाडौं । ६५ औ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जोन्टा क्लब अफ पोखराकी अध्यक्ष मोनिका थापा यतिबेला चार दिने सम्मेलनमा भाग लिन जर्मनीको ह्यामबर्ग पुगेकी छन् । सम्मेलनमा झण्डै २७८५ अन्तराष्ट्रिय जोन्टा सदस्यहरुको सहभागिता रहेको छ ।
जोन्टा एक गैरनाफामूलक संस्था हो । यो संस्थाको सन्जाल विश्वका ६७ वटा मुलुकमा फैलिएको छ । नेपालमा विगत ३ बर्षदेखि स्वाथ्य , शिक्षा, मानवाधिकार, समानता र आर्थिक सशक्तिकरण, बालबिवाह र मानव बेचबिखन रोकथाम, लैङ्गिक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । जोन्टा अन्तर्राष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालतमार्फत विश्वव्यापी रुपमा सशक्तिकरण गराउनु हो ।

प्रतिक्रिया