पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड



पोखरा । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धनलाई प्राथमिकता दिएर आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

चालू आर्थिक वर्षका लागि महानगरले छ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरेकामा आगामी वर्षमा दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बजेट वृद्धि भएको छ । बजेटका उद्देश्य तथा प्राथमिकताहरू पूरा गर्न प्रस्तावित कार्यक्रमका लागि विनियोजन गरिएको बजेटको स्रोत सङ्घीय सरकार अनुदान दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी तीन अर्ब एक करोड रहेको उपप्रमुख गुरुङले बताइन् ।

यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने दुई अर्ब ४० करोड ८१ लाख बजेट चालू आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने बताइन्छ ।

बजेटमा पूर्वाधार विकासतर्फ चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ ५० करोड पाँच लाख, कृषितर्फ १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ ७२ करोड ६० लाख छुट्याइएको उपप्रमुख गुरुङले बताइन् ।

महानगरले पोखरा गौरवका आयोजना कार्यान्वयनका लागि ६५ करोड बजेट विनियोजन गरेको छ । पर्यटकीय पोखरालाई सुन्दर र पूर्वाधारयुक्त विकसित पर्यटनस्थलमा विकास गर्न मुख्यमुख्य स्थान र लेकसाइडको सौन्दर्यकरण, सुविधा सहितको ल्यान्डफिल साइट निर्माण, अटो भिलेज, पोखरा चक्रपथ, एयरपोर्टदेखि लेकसाइड फास्टट्र्याक, ट्राफिक व्यवस्थापन, पेवा हर्वल ट्रेक, ढल व्यवस्थापन लगायतका योजनालाई पोखरा गौरवका योजनामा राखेको छ ।

महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि १२ करोड ८८ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । यसैगरी चालू वर्ष निर्माण सुरु भएका विभिन्न १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक तथा १५ वटा ग्रामीण सडकलाई क्रमागत र वहुवर्षीय योजनामा समावेश गरी ५५ करोड बजेट विनियोजन गरिएको छ ।

महागनरको सहरी क्षेत्रभित्र खाल्डारहित सडक बनाउने अभियानअन्तर्गत मुख्य सडकहरु अस्फाल्ट र शाखा सहरी सडक एवं कालोपत्र भएका सडकहरुको रिसिलिङका लागि १५ करोड रकम व्यवस्था गरिएको छ ।

यसैगरी तालचोक बेगनास खण्डको तीन किलोमिटर सडक चार लेन, दुईतर्फी साइकल लेन र हरियाली जोेन सहितको पैदल ट्रयाक निर्माण आयोजनाका लागि ३० करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न पेट्रोल पम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ केन्द्रहरु निजी क्षेत्र समेतको सहकार्यमा स्थापना गर्न सात करोड बजेट व्यवस्था गरिएको छ ।

महानगर क्षेत्र भित्रका नदीघाटहरुको संरक्षण, संवद्र्धन र नदी नियन्त्रण कार्यक्रमका लागि दुई करोड बजेट विनियोजन गरिएको छ । महानगरमा आकस्मिक सेवा व्यवस्थापनका लागि पाँच करोड छुट्याइएको छ ।

यसैगरी महानगरका सबै वडाहरुमा एक वडा, एक स्मार्ट शौचालय बनाउने नीति कार्यान्वयनका लागि पाँच करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । यसअघि पोखरा सभागृहमा अपरान्ह ४ बजे बजेट कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभा सुरु भएलगत्तै सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै एमालेबाट निर्वाचित सदस्यहरुले विरोध गरेपछि स्थगन भएको थियो । रातो किताबका सम्बन्धमा छानबिन गर्ने सहमतिपछि साँझ ७ बजे सभा पुनः सुरु भएर उपप्रमुख गुरुङले बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थसचिवमा कृष्णहरि पुष्कर, दंगाललाई राजस्व सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

काठमाडौँ । नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ ।

प्रसारण पूर्वाधारमा प्राधिकरणको प्रगति

काठमाडौं । विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल

मिटरब्याजीविरुद्ध प्रहरी अझ सक्रिय भएर लाग्छः महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र