नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त



काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त पदमा निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो ।

१५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रु विभागका निर्देशक थिए । कोभिड माहामारी सुरु भएपछि चीनको बुहानलगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यको नेतृत्व ज्वारचनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी

एउटा यस्तो पास्नी !

रमेश गिरी, भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो

चट्याङबाट जोगिनै मुस्किल

– रमेश लम्साल, काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको

विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष

बुटवल । छानबिन समितिले लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना