प्रधानसेनापतिद्वारा लेवनानी राष्ट्रपतिसँग भेट



काठमाडौं । लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा राष्ट्रपति आउनले लेवनानमा शान्ति स्थापनाका लागि ३१ (एकतीस) जना नेपाली शान्ति सैनिकले गरेको योगदानको प्रशंसा गर्नुका साथै स्थानीय समुदाय र नेपाली शान्ति सैनिकबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गरे । उनले पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनामा नेपाली शान्ति सैनिकले पुर्याएको योगदानको प्रशंसा गरे ।

भेटवार्तामा प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट लेवनानका राष्ट्रपति नागरिकलाई पठाएको सद्भावना सन्देश जानकारी गराई लेवनानी सरकारले नेपाली शान्ति सैनिकलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानी राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेका थिए । लेवनानको पाँचदिने भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मा, भ्रमणदल सहित, आजै सिरिया प्रस्थान गरेका छन् ।

सिरियाको भ्रमण सकेर प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाने कार्यतालिका छ । यही असार ४ गते उनी शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणका लागि लेवनान प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना