आन्तरिक उडान नियमितरुपमा संचालन हुने



काठमाडौँ । आजदेखि उडान रोक्ने निर्णयबाट वायु सेवा संचालकहरु पछि हटेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार रातिसम्म चलेको बैठकमा वायुसेवा संचालक संघ आज बिहान ११ बजेपछिको उडान संचालन गर्न सहमत भएको हो ।

हड्ताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जहाज स्थानान्तरण र घोषित आन्दोलनका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि घोषित आन्दोलन स्थगन गरिएको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले जहाजले काठमाडौंबाहिरै अनिवार्य नाइट स्टप गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियो । देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा ‘नाइट स्टप’ गर्न भनिएको थियो ।

त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियो । वायुसेवा संचालकहरुले मंगलबार नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बेस व्यवस्थापन निर्देशनविरुद्ध बुधबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका थिए। जसको प्रतिवाद गर्दै प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे संचालकहरुलाई पक्राउ पुर्जी जारी गर्दै उडान अनुमति नै खारेज गर्ने चेतावनी दिएको थियो । दुबै पक्षको चेतावनीपछि राति वार्ता भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक

आजैको मितिदेखि कम्युनिष्ट एकताका थालनी भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्

एमाले सरकारमा जान तयार

भक्तपुर ।  नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न

भत्कियो वर्तमान सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता