धम्की स्वीकार्य छैन, उडान बन्द गरे कारबाही गर्छौः प्राधिकरण


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका हुन् ।

उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास रहेको बताए । महानिर्देशक अधिकारीले हड्ताल कहाँकहाँ गर्न पाइन्छ कहाँकहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरुलाई सचेत गराए । उनले वायुसेवा सञ्चालक आफूहरुले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नदिन चेतावनी दिए ।

प्राधिरकणले २०५७ सालबाट अहिले १ सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले बिरोध नगरेको बताए । महानिर्देशक अधिकारीले हवाई जहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताए ।

महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताए । उनले सबै विमान कम्पनीहरुले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्नसमेत गरे । अधिकारीले विमानस्थल स्ट्याण्र्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए । उनले वायुसेवा कम्पनीहरुलाई उडान, पार्किङ भन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे ।

उनले भने,‘निजी वायुसेवा कम्पनीहरुले ६ बजे भन्दापछि थप पैसा तिरेर विमान सेवा दिइरहनु भएको थियो । हामीले तपाईंहरु नतिर्नुस् हामी नै १२ बजेसम्म विमानस्थल खुल्ला राखिदिन्छौं भन्दा होइन १२ बजेसम्म हामी कहाँ चलाउने भन्नुभयो । जबकी उहाँहरुले पैसा बढी तिरेर चलाइराख्नु भएको थियो । यो के हो भने वायु कम्पनीहरुको पाइलट र एयरहोस्टेजको त्यही अनुसारको क्षमता ल्याउन सक्नुभएन । १८ घण्टा र २४ घण्टा विमानस्थल चलाउँदा प्राधिकरणले वार्षिक रुपमा ५० करोड खर्च गरेको अवस्था छ । कसको लागि खर्च गरेको छ , वायु कम्पनीहरुले काठमाडौंबाट नै सेवा दिनुपर्ने,१७ वटा विमानको ठाउँमा ५१ वटा कोच्न पाउनुपर्ने,दुई सिफ्टबाट तीन सिफ्ट बढाउँदिन पाइलट थप्दिन,रोजगारी दिन्न भन्न पाउनुपर्ने हो । विमानस्थलमा सेवा सुविधा थप्ने कुरा गरौँला । यो कुनै एउटा कम्पनीलाई च्यापेर गरेको निर्णय होइन सबैको लागि लागू हुन्छ ।’