५३३ जनाको नक्कली लाइसेन्स बनाएको अभियोगमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । गैरकानुनीरुपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन कार्यालय प्रमुखहरु सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विनयराज गिरीसहित १२ जना कर्मचारी र ५ जना विचौलियाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मासमेतले सेटिङमा विचौलियामार्फत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेका थिए । कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्माले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीलाई अख्तियारी प्रदान गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैंँका बेला अपनाउने कतिपय संस्कार वैज्ञानिक पनि छन्

-डा शोभाकर पराजुली बसन्त–शरदावेव सर्वनास करावुभौ । तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय