अमेरिकालाई एसपीपी अस्वीकार गर्ने पत्र लेख्ने सरकारको निर्णय



काठमाडौं । सरकारले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजका अनुसार बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो ।

यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो । उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो । सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले सरकारलाई अमेरिकालाई एसपीपी अस्वीकार गर्ने पत्र लेख्न आग्रह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र

  काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते

महानगरपालिकाद्वारा तीन अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार तीन

भूपू बेलायती गोर्खा सैनिकका मागबारे हुने वार्तालाई निष्कर्षमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा

हत्या अभियोगमा कञ्चनपुरमा वडाध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी