काठमाडौंमा कल सेन्टर सञ्चालन गरी क्यानडा र अमेरिकामा ठगी



काठमाडौं । सूचना र प्रविधिको दुरुपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाई ठगी गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानमा उनीहरुले विदेशी नागरिकको बैंक विवरणसमेत लिन सफल भएको पाइएको छ । विद्युतीय अपराधमा भारतीय नागरिकसहित १३ जना संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

यही असार ३ गते पक्राउ परेका उनीहरुलाई आइतबार अदालतमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले सूचना जारी गरी जनाएको छ ।

भारतीय नागरिकसहितको मिलेमतोमा काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराहीमा अर्विट नेक्सेस प्रालि नामक संस्था खोलेर उनीहरुले अवैध गतिविधि गरेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरु निसान खैरे र मनिष तिवारी तथा पाँच महिलासहित १३ जना रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली