अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सभामुखको निर्देशन



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अछामका एक किशोरको मृत्यु घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।

अछाम क्षेत्र नम्बर २ का नेकपा एमालेका सांसद यज्ञ बोगटीले घटना भएर शव भेटिएको ९ दिन बितिसक्दा पनि अहिलेसम्म जाहेरीसमेत दर्ता नभएको भन्दै आपत्ति प्रकट गरेका थिए । उनले घटनाका दोषीलाई कारबाही गर्न माग गरेपछि सभामुखले रुलिङ गर्दै तत्काल दोषीमाथी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन गरेका हुन् ।

हिजोको बैठकमा पनि सांसद बोगटी र एमाले सांसद भीम रावलले पनि घटनाको विषयमा सदनमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेका थिए। तर, आज पनि त्यहाँ जाहेरी दर्ता भएको छैन। मृतकको शव घटनास्थलमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाद्वारा महाकाली नृत्य प्रदर्शन

काठमाडौं ।  यँयाः (इन्द्रजात्रा) का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

  काठमाडौँ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्

राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

काठमाडौं। सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ।