अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सभामुखको निर्देशन



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अछामका एक किशोरको मृत्यु घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।

अछाम क्षेत्र नम्बर २ का नेकपा एमालेका सांसद यज्ञ बोगटीले घटना भएर शव भेटिएको ९ दिन बितिसक्दा पनि अहिलेसम्म जाहेरीसमेत दर्ता नभएको भन्दै आपत्ति प्रकट गरेका थिए । उनले घटनाका दोषीलाई कारबाही गर्न माग गरेपछि सभामुखले रुलिङ गर्दै तत्काल दोषीमाथी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन गरेका हुन् ।

हिजोको बैठकमा पनि सांसद बोगटी र एमाले सांसद भीम रावलले पनि घटनाको विषयमा सदनमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेका थिए। तर, आज पनि त्यहाँ जाहेरी दर्ता भएको छैन। मृतकको शव घटनास्थलमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

बाँके । बाँकेको जानकी गाउँपालिका- २ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी

हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका

दोस्रोपटक थपियो मुग्लिन–पोखरा सडकको म्याद

दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको

बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा