काठमाडौं । लगानी बोर्डले दुई जलविद्युत आयोजनाको करिब २६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डले राहुघाट र तामाकोशी पाँचौ बनाउन करिब २५ अर्ब ९२ करोड रुपैयाँको लगानी स्वीकृति गरेको हो ।
प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ५१ औं बैठकले ति दुई जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न उक्त रकमको लगानीलाई स्वीकृति दिएको हो ।



प्रतिक्रिया