हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए ।

मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो । “के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ”, उनले भने “भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ ।”

उनले गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताए । “हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौं । विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ”, उनले भने, “त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो ।” साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन्

कुलमानको नम्बर जीरो आउने थिएन, तिमीहरु राजा नबनेको भए !

कसैले पनि राजा बन्छु म, भन्ने थिएन तिमीहरु राजा नबेको भए ! ‘चोर,

ट्याक्टर दुर्घटनामा बाजुरामा एकजनाको मृत्यु

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभिरको यात्रा अब सहज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ,