भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीच बाटोबाटै फिर्ता


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीच बाटोबाटै फिर्ता भएको छ। । बुद्ध एयरको ९५३ कल साइन रहेको विमान बीचबाटै काठमाडौं फर्किएको हो ।

विमानस्थलका महानिर्देशक प्रेमनाथ ठाकुरले धावनमार्गमा रबरको टुक्रा भेटिएपछि विमानको टायरमा समस्या आएको हो कि भनेर फिर्ता गरिएको हो जानकारी दिए । उनका अनुसार प्राविधिकहरूले अहिले उक्त जहाजको परीक्षण गरिरहेका छन् । उनका अनुसार उक्त जहाजमा रहेका यात्रुहरूलाई अर्को विमानमा चढाएर भद्रपुरतर्फ पठाउने तयारी भइरहेको छ।