ठगीको आरोपपछि चाँगुनारायण–७ का वडाध्यक्ष श्रेष्ठ फरार



भक्तपुर । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् ।

प्रहरीले उनको खोजी गरिरहेको छ । उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौँले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमति बिना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।

सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । “वडाध्यक्षसहित ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो । केशव अधिकारी र ईश्वर गाइजु हाल अनुसन्धानका क्रममा थुनामा । अन्य चार जना फरार छन्”, उनले भने । वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

अधिकारी र गाइजुसहितको टोलीले चाँगुनारायण नगरपालिका–८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैनाबापत करारनामा गरी पाँच करोड २० लाख ठगी गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राईले जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्पष्टीकरण सोधेपछि कुलमानद्वारा कार्यसम्पादन मूल्यांकन मन्त्रालयमा पेस, ९८अंक दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा

संविधान संशोधनबाट एमाले पछि हट्न मिल्दैनः नेता साउद

राँझा (बाँके) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति,

तिब्बतका भूकम्पपीडितलाई नेपाली समुदायको ३७ लाख सहयोग

काठमाडौँ । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली

भोजपुरमा खाद्य गोदामबाट चामल वितरण सुरु

भोजपुर। खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज भएको छ।