मेलम्चीको मुहान बन्द, अब सुख्खा मौसममा मात्र काठमाडौंमा पानी ल्याइने



काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ ।

निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

आजदेखि बन्द गरिएको पानी सुख्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उनले बताए । मेलम्चीको पानी बन्द गरिएपनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा वाग्मतीको पानी प्रशोधन गरी राजधानीवासीलाई दिइने मेलम्ची आयोजनाले जनाएको छ ।

गतवर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने