भूमिका फेरिएपछि बोली नफेर्न विष्णु पौडेललाई मिनेन्द्रको सुझाव



काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले बजेटमा आलोचना गर्नुअघि आफूले ल्याएको बजेट एकपटक पढ्न एमाले सांसद विष्णु पौडेललाई सुझाव  दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पौडेलले बजेट सत्ता गठबन्धनको चुनावी घोषणपत्र जस्तो भनी टिप्पणी गरेपछि रिजलाले बजेट पढ्न पौडेललाई सुझाव दिएका हुन् ।

रिजालले विगतमा आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न सुझाव दिए । उनले भने, ‘पूर्वअर्थमन्त्री विष्णु पौडेलजीले निर्वाचनमुखी बजेट भन्नुभयो, भूमिका फेरियो बोली पनि फेरियो । तपाईंले चुनाव घोषणा गरेर संसद् विघटन गरेर ल्याएको बजेट पढ्नुस् ।’ रिजालले आर्थिक वर्ष ०७९/८० को बजेटले मूल दिशा ठिक समातेको दाबी गरे ।

उनले भने, ‘विगतमा यहाँले संसद्बाहिर बजेट प्रस्तुत गर्दा यही विषय सम्झिदिएको भए कति राम्रो हुन्थ्यो ?गतवर्ष कोभिडले थलिएका बेला ६.५ प्रतिशत आर्थिक वृद्धि भन्नुभएको थियो । अहिले ८ भन्दा सम्भव देख्दै हुनुहुन्न ।’

उनले आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण भए पनि असम्भव नभएको बताए । उनले अहिलेको सरकारले वैदेशिक र आन्तरिक ऋण विगतको सरकारको विरासतमा प्राप्त भएको बताए ।

उनले भने, ‘आन्तरिक ऋण बढ्दैछ । त्यसले सिर्जना गर्ने समस्या छ । तर, यो ऋण विरासतमा प्राप्त भएको हो । ऋण उठाउनुपर्ने अथवा वित्तीय व्यवस्था गर्नलाई हुने खर्च हामीले नयाँ सिर्जना गरेको होइन । एकपटक फर्केर हेर्ने हो भने, यो संसद् निर्वाचित भएर आउँदाखेरि वैदेशिक र आन्तरिक ऋण कहाँ थियो ?’ रिजालले उद्योग क्षेत्रका लागि निजी–सार्वजनिक साझेदारीको कुरा ठिक ढंगले बजेटमा आएको भन्दै नवप्रवर्तनका विषय प्रशंसायोग्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले