हिमालयन ह्वाइट हाउस कलेजद्वारा ग्राजुयसन कार्यक्रम सम्पन्न



काठमाडौं, काठमाडौंको पुतलिसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले शनिबार ग्राजुयसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ महामारीका कारण विश्वविद्यालयको दिक्षान्त समारोहमा उपस्थित हुन नपाएका विद्यार्थीहरुलाई कलेजको आयोजनामा ग्राजुयसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्नातक तह तर्फ बिई सिभिल २०११, बिबिए २०१६, बिआईएएस २०१५ , स्नातकोत्तर तह तर्फ एमबिए तथा ईएमबिए २०१६ र २०१७ व्याच पास आउट गरेका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । त्यसैगरी बिबिए, बिएलएएस, बिटेक इन बायोटेक्नोलोजि २०१६ र २०१७ का विद्यार्थीलाई बिदाई गरिएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेलले विद्यार्थीहरुलाई शुभकामाना दिँदै देशका लागि उत्कृष्ट काम गर्न र विश्वविद्यालय तथा कलेजबाट आर्जन गरेको ज्ञान सिपलाई व्यवहारिक जिवनमा प्रयोग गर्न सुझाब दिए । उनले भने “प्राप्त गरेको ज्ञान सीप, दक्षतालाई मुलुक विकासमा प्रयोग गरे मुलुक समृद्धिमा जान टेवा पुग्ने छ । देश परविर्तनका लागि आजै आफैबाट अहिले नै सुरु गर्नुहोस ।”


उनले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज मध्ये हिमालय ह्वाइट हाउस इन्टरनेशनल कलेज उत्कृष्ट कलेज रहेको बताउँदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साह जस्ता विद्यार्थी पढाएकोमा खुशी व्यक्त गरे । साथै ह्वाइट हाउस इन्टरनेशनल कलेजले विगत २२ वर्ष देखि अविछिन्न रुपमा विद्यार्थीहरुलाई सीप सहित व्यवहारिक शिक्षा दिन सफल भएकोले सधैँ विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल भएको बताए ।

कलेजका प्रिन्सिपल प्राध्यापक तोयानारायण पौडेलले पूर्वाञ्चल विश्वविद्यालयमा पहिलो पटक हिमालयन ह्वाइट इन्टरनेशनल कलेजले ग्राजुयसन सेरेमनी कार्यक्रम आयोजना गरेको जानकारि दिए । दीक्षित भएका विद्यार्थीहरु पास भएर गएपनि विद्यार्थीहरुलाई मार्गदर्शन गर्न सधैँ कलेज तयार रहेको बताए । पास भएर गएका विद्यार्थीहरु विभिन्न क्षेत्रको उच्च स्थानमा रहेर काम गरीरहेको बताउँदै कलेजले सुधार गर्नुपर्ने केही भए सुझाब दिन आग्रह गरे । उनले भने “तपाइँहरु विभिन्न क्षेत्रमा रहेर काम गरिरहनु भएको छ । कलेजले कस्तो ज्ञान दियो भने जीवनमा प्रयोग गर्न सहज हुन्छ, यसमा तपाईँहरुले देखेका कमिकमजोरि देखाइदिनु होला हामी कलेजलाई अझ उत्कृष्ट बनाउन चाहन्छौँ ।”

एमबिएकि विद्यार्थी पूजा पोखरेलले पूर्वाञ्चाल विश्वविद्यालय अन्तर्गतको हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा पढ्न पाएकोमा खुशी व्यक्त गर्दै कलेजले दिएको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले यसरी कलेजले ग्राजुयसन सेरेमनी आयोजना गरेर दिक्षित गरेकोमा धन्यवाद दिइन् । कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा विश्वविद्यालयका वरिष्ठ अधिकृत विनय भट्टराई, कलेजका डाइरेक्टर सुरेश अधिकारी, प्रबन्ध निर्देशक शिव पाैडेल,  भाईस प्रिन्सिपल डा. अजय खड्का र डा.अल्का सापकोटा, फ्याकल्टि प्रमुखहरु लगाएत विद्यार्थीहरूको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका

कलेक्सन रिपोर्टमा निर्माण पक्षको असन्तुष्टि, मोफसलका २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त

मकवानपुरमा चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ

बागमती । चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ

बाँकेमा भेडा जुधाइको रौनक

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ