सरकारले किसानसँग सरकार कार्यक्रम लागू गर्ने



काठमाडौँ । सरकारले किसानसँग सरकार कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम लागू गरिने बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री शर्माले योगदानमा आधारित किसान पेन्सन योजना लागू गर्न किसान हित कोषको स्थापना गरिने बताएका छन् । उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने छ ।

कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत् एक अर्ब रुपैयाँ छुट्याइएको छ । किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनामा प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा

काठमाडौँ। सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक

नेप्सेमा सामान्य गिरावट, दुई अर्बको कारोबार

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ

माइतीघरको निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको अगुवाइमा प्रदर्शन

काठमाडौं । लोतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा

इपीजीको प्रतिवेदन एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउँछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न