मन्त्रिपरिषदबाट बजेट स्वीकृत


काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो । मन्त्रिपरिषद्बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट बजेट पारित भएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषदमा पेस गरिएको थियो ।

पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे बस्ने संसदको दुवै सदनमा पेस गर्नेछन् । यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ।