केपी ओलीको दम्भ र अहंकार अझै हटेनः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पार्टीसँग गठबन्धन नगरी प्रधानमन्त्री बन्न चुनौती दिएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भाग लिँदै अध्यक्ष प्रचण्डले विगतमा माओवादीको सहयोगमा ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् । उनले एमाले अध्यक्ष ओली दुईपटक माओवादीको सहयोगमा प्रधानमन्त्री बनेको बताए ।

उनले भने,’ यसअघि उहाँ माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो । एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन । पहिलो पटक पनि माओवादी केन्द्रको, तपाईंको भाषामा वैशाखी टेकेर, हुनुभएको हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त ?’

उनले केपी ओलीको प्रवृत्तिसँग काम गर्न असहज भएको बताए । एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएको भन्दै उनले ओलीले घोचपेचको प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिए । उनले भने, ’मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास छ अहिले पनि । यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन ।’

संसदमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको उनले बताए । उनले भने, ’वामपन्थी एकता, गठबन्धनले भनेको, अदालतले भनेको कुरामा समीक्षा, पुनरावलोकन गर्नुहुन्छ कि भन्ने लागेको थियो । तर ती घण्टा गाली गर्ने अरुलाई बदनाम गर्ने र धेरै झुट बोल्ने गर्नुभयो ।’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पदमा रहेको बेला ओलीले दीर्घकालीन रूपमा बस्नको लागि व्यवस्था गरेको उल्लेख गर्दै प्रचण्डले विगतको पाठबाट सिक्न सुझाव दिए । उनले भने,’ उहाँ दीर्घकालीन ढंगले त्यहाँ रहन्छु भनेर बालुवाटारमा तयारी गर्नुभएको थियो, तर असमयमै बालकोट जानुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

  कमलामाई (सिन्धुली) । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ

सुहाङ नेम्वाङले लिए सांसद पदको शपथ

  काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ

केही अवाञ्छित र कम्युनिष्ट विरोधी तत्वले मैले पार्टी विभाजन गर्दैछु भनेर सुनियोजित हल्ला फैलाएः नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ

युवा विदेश पलायन रोक्न प्रमुख दलका शीर्ष नेतृत्वले सोच्नुपर्छ

काठमाडौँ । मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक