बालेनले काठमाडौंको फोहोरको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले सिसडोल र बञ्चरेडाँडा अवलोकन गरेका छन् । शुक्रबार दिउँसो उनी काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको ठाउँमा पुगेका हुन् ।
उनले फोहोर समस्याको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने बताएका छन् । साथै खादा र माला पनि नलाउने र अन्तर्वार्तासमेत नदिने बताएका छन् ।