दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य



पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको आरोप लगाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट मेयर निर्वाचित आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै आलोचना गरेका हुन।

पोखरामा बुधबार आयोजित विजय सभालाई सम्बोधन गर्दै आचार्यले भने, ‘दिनेशकुमार थपलियाको यहीखालको रवैया, यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैन । थपलियाले आफैंले आफैलाई नैतिक अधिकार के हो ? भनी सोध्न जरुरी छ । तपाई संवैधानिक निकायको मर्यादामा बसिदिनोस् । निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन । तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न निर्वाचन आयोगमाथि उठेको छ । तपाईंले जवाफ दिनु जरुरी छ । यो खालको बद्नियत गर्न मिल्दैन ।’

उनले निर्वाचन आयोगको रवैया नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार बढी मतका साथ विजयी हुने दावी समेत गरे । उनले अबदेखि महानगरमा भाषण भन्दा पनि समृद्ध पोखरा बनाउने गरी काम सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने योजना पनि मेयर आचार्यले सार्वजनिक गरे । ३ दिन÷२ रातको सो क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनिभूत छलफल गर्ने उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एकजनाको मृत्यु

गोदावरी (कैलाली) । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर शनिबार एक महिलाको मृत्यु भएको

एकीकृत समाजवादीद्वारा महाधिवेशनमा सहभागी हुन ६ सयलाई पत्राचार

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिष्ट–सोसलिस्ट–लेबर

उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा