तुलसीपुरको मेयर र उपमेयरमा एमाले विजयी



दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका पूर्वजिल्लाअध्यक्षसमेत रहेका टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले मेयरमा विजयी भएका छन् । उनले ३१ हजार ४ सय ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत ल्याए ।

गिरी २०७४ सालको निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए । उपमेयरमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भइन्। उनले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत ल्याए । एमालेले तुलसीपुरका १० वटा वडामा जित निकालेको छ। जसमा वडा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ पर्छन् । कांग्रेसले ५, ७, ९, १४ र १७ तथा माओवादी केन्द्रले १, ४ र १२ वडा जित्दा वडा १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका