पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुद्वारा आन्दोलन घोषणा



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । सोमबार सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजना निर्माणका लागि कर थोपरेका कारण वास्तविक मूल्यभन्दा बढी तिर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जनताले तिरेको करको वास्तविक अर्थमा सही सदुपयोग नभएको पनि विज्ञप्तिमा उल्लेख छ । नेपाल आयल निगमभित्रको चुहावट, भ्रष्टाचार र कमिसन बन्द गर्नुभन्दा पनि पटक–पटक मूल्यवृद्धि गरिनु जनहीतमा नरहेको विद्यार्थी संगठनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यक्ष प्रचण्डद्वारा पूर्वराज्यमन्त्री राईप्रति श्रद्धाञ्जली व्यक्त

  काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

काठमाडौँ । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु

सिनामंगलको एक होटलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । आइतबार बिहान

पोखरा–मुग्लिन सडकको ठेक्काको मंसिर २० गते म्याद सकिँदै, भौतिक प्रगति जम्मा ३२ प्रतिशत मात्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक