यस्तो छ अहिलेसम्मको देशभरको मतपरिणाम(सूचीसहित)



काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । शुक्रबार मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको छ । गठबन्धन आबद्ध नेकपा (माओवादी केन्द्र) २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ पालिकामा विजयी भएको छ । यस्तै जनता समाजवादी पार्टी नेपाल २० र नेकपा (एकीकृत समाजवादी) १४ पालिकामा विजयी भएको छ ।

स्थानीय निर्वाचनमा गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले छ महानगर, ११ उपमहानगरसहित केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा गठबन्धनका दलले मित्रवत प्रतिस्पर्धा गरेका थिए । गणना बाँकी रहेका पालिकामा पनि गठबन्धन आबद्ध दलले अग्रता लिइरहेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ । एमालेले ६० नगरपालिका र ११५ गाउँपालिका गरी १७५ स्थानमा मात्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले २९४ पालिकामा जीत हासिल गरेको थियो । एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादीलगायत विभिन्न पार्टीसँग गठबन्धन गरेको थियो ।

यसैगरी कांग्रेसले ७७ नगरपालिकाको उपप्रमुख र १८० गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमाले ७९ उपप्रमुख र ११७ उपाध्यक्ष, माओवादी केन्द्र २८ उपप्रमुख र ९१ उपाध्यक्ष, जनता समाजवादी पार्टी नेपाल १४ उपाध्यक्ष र एकीकृत समाजवादी आठ स्थानीय तहको उपप्रमुखमा विजयी भएको छ । कांग्रेसले सबैभन्दा बढी वडाध्यक्षमा जीत हासिल गरेको छ ।

हालसम्म कांग्रेस दुई हजार ३९२, एमाले एक हजार ९०७, माओवादी केन्द्र ९८९, जनता समाजवादी पार्टी २३८ र एकीकृत समाजवादी पार्टी १०० बढी वडामा विजयी भएका आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ

चुनाव हारेपछि पार्टीप्रति निराशा पैदा गर्दै हिँड्नेलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन्

साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ