काठमाडौँमा बालेनको १० हजार भन्दा बढी मतको अग्रता



काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । बिहान ९ बजेको मत परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १० हजार भन्दा बढी मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् ।

उनले २१ हजार ६२२ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार ३६ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार २६६ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ६४४ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३०१ मत प्राप्त गरेका छन । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा