मादी गाउँपालिकाका मतदाताले यसपटक व्यक्ति राेजे, वडा नं. १२ काे राेचक नतिजा



पाेखरा, कास्कीकाे मादी गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका देविजंग गुरुङ्ग निर्वाचित भएका छन् । गुरुङ्गले ६५८४ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवबहादुर गुरुङ्गलाइ ८३४ मतान्तरले पराजित गरेका हुन् । पराजित शिवबहादुर गुरुङ्गले ५७५० मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ्ग निर्वाचित भएकी छन् । उनले ५८२८ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी-केन्द्रका लालबहादुर गुरुङ्गले भने ५६१६ मत ल्याएका छन् । वडाध्यक्ष पदमा भने वडा नम्बर १, २, ३, ५, १० र ११ मा नेपाली कांग्रेस, ४, ६, ८ र ९ मा एमाले र ७ र १२ मा माओवादी-केन्द्रका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

मादी गाउँपालिकाकाे वार्ड नम्बर १२ मा सबै पार्टीबाट युवा उम्मेदवारहरू निर्वाचित भएका छन् । निर्वाचित हुनेमा माओवादी-केन्द्रका कृष्णराज दाहालले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामचन्द्र रानाभाटलाइ पराजित गरेका छन् । त्यस्तै वडा सदस्यमा नेपाली कांग्रेसका दिपेन्द्र ढकाल, नेकपा एमालेका मिलन ढकाल, लक्ष्मी गिरी र सपना परियार निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख