वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार महानगरको मेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले एमाले उम्मेदवार विजयकुमार सरावगीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका हुन् ।
९ हजार ५३८ मत गणना भइसक्दा जसपाका सिंंहले ४ हजार ६५७ मत पाएका छन् भने एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन्। यस हिसाबमा सिंह सरावगीभन्दा २ हजार ५९८ मतले अगाडि छन्। मेयरमै राप्रपाका गिरिश गिरीले १५० मत ल्याएका छन् । उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार १० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४८९ मत पाएका छन् ।

प्रतिक्रिया