स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्योः निर्वाचन आयोग



काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो ।

हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ । त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ । मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा