‘पूर्वाञ्चल विश्वविद्यालय अब समुदायमा’ उपकुलपति कोइराला



काठमाडाैं, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले ‘पूर्वाञ्चल विश्वविद्यालय अब समुदायमा’ भन्ने नाराका साथ अघि बढेको बताउनुभएको छ । जनता टेलिभिजनको ‘शिक्षाका कुरा’ कार्यक्रममा उपकुलपति कोइरालाले पूर्वाञ्चल विश्वविद्यालय जनस्तरबाट सञ्चालित विश्वविद्यालय भएको र यसले अब समुदायमा जानु पर्छ भन्ने नीति अख्तियार गरेको बताउनुभयो । विश्वविद्यालय समुदाय स्तरमा जाँदा विश्वविद्यालयले लिने शुल्क पनि कम हुँदै जाने उहाँको भनाइ छ।

उपकुलपति कोइरालाले मुलुकका लागि आवश्यक र अन्तर्राष्ट्रिय मान्यता प्राप्त विषयहरुलाई समेत समेटेर विश्वविद्यालय अघि बढेको बताउनुभयो । उहाँले अहिले पूर्वाञ्चल विश्वविद्यालय नयाँ गतिका साथ अघि बढिरहेको बताउनुभयो।

कार्यक्रम ‘शिक्षाका कुरा’ मा प्रस्ताेता नारायण आचार्यसँगकाे विशेष कुराकानीमा उपकुलपति कोइरालाले आफ्नो नेतृत्वमा विश्व विद्यालयको छवि सुधार गर्ने काम भएको र भ्रष्टाचारमा कमी आएको दाबी गर्नुभयो । विश्वविद्यालयको एकेडेमिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ।

पुरा अन्तर्वार्ता हेर्नकाे लागि तलकाे लिंकमा जानुहाेस् ।

https://www.youtube.com/watch?v=SdPgjzHKWpI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन्

कुलमानको नम्बर जीरो आउने थिएन, तिमीहरु राजा नबनेको भए !

कसैले पनि राजा बन्छु म, भन्ने थिएन तिमीहरु राजा नबेको भए ! ‘चोर,

ट्याक्टर दुर्घटनामा बाजुरामा एकजनाको मृत्यु

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभिरको यात्रा अब सहज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ,