सेनाको हेलिकप्टरमार्फत दार्चुलाको तिङ्करबाट छायालेक पुग्यो प्रहरी



दार्चुला । गत मङ्सिरमा हिमपातपछि सदरमुकाम झरेको नेपाल प्रहरी सोमबार तिङ्करको छायालेक पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी छायालेक पुगेको हो । छ महिना मात्रै राज्यको उपस्थिति रहने तिङ्करको छायालेकमा सई हर्क महताको नेतृत्वमा सात जनाको टोली तिङ्कर चौकीमा पठाइएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

नेपाल प्रहरीले छ महिना चाहिने रासन, हातहतियार बन्दोबस्तीको समान लिएर गएको हो । ब्याँस गाउँपालिका–१ को तिङ्करमा ६ फुट बढी हिमपात हुने गरेका कारण प्रहरी र स्थानीय ६ महिना मात्रै यहाँ बसोबास गर्छन् । छायालेक प्रहरी चौकीबाट नेपाल चीन सीमास्तम्भ पुग्न ४ घण्टा समय लाग्छ । छाङगरुमा भने दुई वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्न थालेको छ ।

छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । तिङ्करको छायालेकमा सशस्त्र प्रहरीको बिओपी राख्ने तयारीस्वरुप गत वर्ष भवन निर्माण गरिएको तर अहिलेसम्म सशस्त्र प्रहरी राख्नेबारे जानकारी आइनसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले बताए । उनका अनुसार निर्वाचनको बेला सशस्त्र प्रहरी पनि तिङ्करमा खटिन्छ । यो पटक निर्वाचनका लागि छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिँदैछन् । म्यादी प्रहरी टाढा भएका कारण पठाइएको छैन ।

भारतसँग सीमा जोडिएका नाका बन्द हुँदै

दार्चुलामा भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र मङ्गलबार रातिदेखि ‘सिल’ गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो । मङ्गलबार बेलुकी ७ बजेदेखि मतदान हुने दिनको बेलुकी ७ बजेसम्म सीमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाको लालीदेखि ब्यासको सीतापुलसम्मका ६ वटा नाका भारतसँग सीमा जोडिएका नाकाहरू वैधानिक छन् ।

ती नाकाहरू बन्द गर्ने विषयमा शनिबार दुवै देशका अधिकारीबीच सहमति भएको थियो ।लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल वैधानिक नाका हुन् । त्यो बाहेक दुई ठाउँमा नयाँ झोलुङ्गेपुल निर्माण भए पनि सञ्चालन गरिएको छैन भने केही ठाउँमा तुइनमार्फत आवतजावत हुँदै आएको छ । अवैध नाकामा सुरक्षाकर्मीले निगरानी बढाउने जनाइएको छ । मतदानअघिको मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।

मतदान दिनका लागि सवारीसाधन सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा कडाइ गरिने प्रशासनले जनाएको छ । ‘स्थानीय तह सदस्य निर्वाचन–२०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९’ जारी गरिसकेको छ, जसमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट जारी पासबाहेकका गाडी वैशाख ३० का दिन गुडाउन नपाइने उल्लेख छ ।

मापदण्डअनुसार मतदान हुने दिन सवारी साधनका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुनेछ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतबाट अनुमति लिएर प्रमुख जिल्ला अधिकारीमार्फत पास लिनुपर्नेछ । मानवीय सहायताका लागि प्रजिअबाट समन्वय गरेर सवारी आवागमन व्यवस्थापन गर्न सकिनेछ । जिल्लामा सुरक्षाकर्मी, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, राष्ट्रिय पर्यवेक्षक, सञ्चारमाध्यमले गाडीका लागि अनुमति पाउनेछन् ।

एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल÷विद्युत् सेवा तथा नम्बर प्लेटमा ‘सिडी’ लेखिएका सवारीसाधनले अनुमति लिनुपर्ने छैन । विदेशी नम्बर प्लेटका अरू सवारी साधन प्रयोग गर्न अनुमति दिइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विगतमा भएका त्रुटी सच्याउन भन्दै सूर्य कुमारीले दिइन् पार्टी नेतृत्वलाई यस्ता सुझाव

करिश्मा मानन्धर(सूर्य कुमारी)।  लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत त्यतातर्फ आकर्षित

दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय

बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रतिबद्धता व्यक्त

हाम्राले कताबाट सिके अन्तरघात गर्न ? समीक्षा हुन्छः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी हारको