नेपाली सेनाकाे अधिकृत क्याडेटमा १६५ जना छनाैट, डिक्यानले दियाे बधाई तथा शुभकामना



काठमाण्डाै – नेपाली सेनाले २०७७ साल माघ २२ गते प्रकाशित गरेकाे अधिकृत क्याडेटकाे विज्ञापनमा  छनाैट हुन सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान कार्यक्रम आयाेजना गरेकाे छ । डिक्यानमा प्रशिक्षण लिई सर्वाेत्कृष्ट नतिजा सहित नाम निकाल्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेकाे हाे । बधाई तथा शुभकामना कार्यक्रममा सुरक्षा निकायका अवकाश प्राप्त विशिष्ट व्यक्तित्वहरूका साथै सफल विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।

No description available.

नेपाली सेनाकाे भर्ना छनाैट निर्देशनालयले २०० जना अधिकृत क्याडेटकाे लागि दरखास्त आह्वान गरेकाे थियाे । जसमध्ये खुला तर्फ र समावेशी तर्फ गरि अन्तिम चरणसम्ममा जम्मा १६५ उम्मेद्वारहरू छनाैट हुन सफल भएका छन् ।

उत्कृष्ट स्थानमा नाम निकाल्न सफल प्रबिन पाण्डेले कार्यक्रममा बाेल्दै भने, डिक्यानमा एक वर्षसम्म लिएकाे प्रशिक्षणले र मेराे कडा मेहनतले सर्वाेत्कृष्ट नतिजा सहित नाम निकाल्न सफल भएकाे छु, पाण्डे भन्छन् राम्राे मेहनत गर्ने हाे भने असम्भव केहि पनि छैन । नाम निकाल्न सफल अन्य विद्यार्थीहरूले पनि आफ्नाे आफ्नाे अनुभव सुनाउँदै रहर मात्रैले भन्दा पनि निरन्तरकाे मेहनत नै आवश्यकता रहेकाे कुरा बताएका थिए ।

सराेज राइकाे सानैबाट नेपाली सेनामा प्रवेश गरि राष्ट्र सेवा गर्ने साेच रहेकाे थियाे । १२ कक्षा पास हुने वित्तिकै उमेर नपुगेकाे कारणले उनले  छनाैटकाे लागि दरखास्त दिन पाएनन् । डिक्यानले दिने प्रशिक्षणमा १ वर्ष अगाडिबाटनै भर्ना गरेकाे र पहिलाे पटकमा मेडिकल चरणबाट बाहिरिएकाे बताउँदै  पुनः अर्काे पटक कडा मेहनतका साथ तयारी गरेँ र उत्कृष्ट नतिजा सहित ७ नम्बरमा नाम निकाल्न सफल भएकाे छु । विगत दुई बर्षबाट डिक्यानमा निरन्तर रूपमा तयारी गरिरहेकाे बताउँदै डिक्याने आर्थिक हिसावले पनि सहयाेग गरेकाे बताए ।

No description available.

मेराे सबैभन्दा ठुलाे कमजाेरी अगाडि गएर बाेल्नु थियाे । जब डिक्यानमा प्रशिक्षण लिन थालेँ यहाँ प्रशिक्षण दिने प्रशिक्षकहरू साथै जर्साबहरूकाे गाइडेन्सले म आज यसरी निर्धक्क भएर बाेल्न सकेकि छु । नाम निकाल्न सफल विद्यार्थी रुविना कार्की भन्छिन्, डिक्यान मेराे परिवार भएकाे छ । लकडाउनकाे समयमा विहान देखि रातिसम्म आफुले गरेकाे निरन्तर प्रयासले आज आफु याे स्थान हासिल गर्न सफल भएकाे बताउँछिन ।

कार्यक्रममा बाेल्दै पूर्व राजदुत, पूर्व सहायक रथी  तथा डिक्यानका सल्लाहकार भरत बहादुर रायमाझीले राष्ट्र सेवा प्रति उत्प्रेरित भएर सेनाकाे अधिकृतमा प्रवेश गर्ने भाइबहिनिहरूमा याे देशकाे लागि मैले के दिन सक्छु ? भन्ने भावनाकाे विकास अहिलेबाट नै हुन जरूरी भएकाे बताए । सधैँ म गर्न सक्छु, हामी गर्न सक्छाैँ भन्ने सकारात्मक साेच र उर्जाका साथ निरन्तर लाग्नुपर्ने बताए ।

नेपाली सेनाकाे अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका र पछि सशस्त्र पहरी बलमा गएर महानिरीक्षकसम्मकाे नेतृत्व लिएका शैलेन्द्र कुमार श्रेष्ठले नेपाली सेनामा अधिकृत स्तरमा सेवा प्रवेश गर्नु आफ्नाे लागि, परिवारकाे लागि र समाजकाे लागि एउटा प्रतिष्ठाकाे कुरा रहेकाे र राष्ट्र सेवाकाे लागि सुनाैलाे अवसर समेत रहेकाे बताए । छनाैट हुन सफल भाइबहिनीहरूले सधैँ कर्तव्य निष्ठ, अनुशासित भइ अब शुरू हुन लागेकाे तीन वर्षकाे तालिमलाई कुशलतापूर्वक सम्पन्न गर्नकाे लागि शुभकामना समेत दिएका छन् ।

No description available.

कार्यक्रममा बाेल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र के.सी. ले कुनै पनि युवाहरुलाई क्षमता पहिचान गरि आवश्यक र सहि तवरबाट मार्गदर्शन गर्ने हो भने छोटो समयमा उनीहरुको उज्ज्वल भविष्यको लागि मार्गप्रशस्त गर्न सकिन्छ । साथै युवाहरुलाई जुनसुकै पेशा व्यवसायमा लाग्ने हो भने पनि सल्लाह र सुझाव दिनको लागि डिक्यान सदैव तयार रहेको कुरालाई प्रष्ट पारेका थिए । कार्यक्रममा नेपाली सेनाका पूर्व जर्नेल तथा डिक्यानका सल्लाहकार हेमकर शमशेर जबरा, डिक्यानका सञ्चालक उदयराज ढकाल, छनाैट हुन सफल विद्यार्थीका अभिभावकहरू लगाएत  विद्यार्थीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

संस्थाले पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण दिँदै आएको छ ।

विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्स्पेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगायत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ । पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि–स्याट लगायतका व्यवसायिक कोर्ष पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढी भन्दा वढी युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन