नेपाली सेनाको स्नाइपर प्रतियोगिता(फोटोफिचर)



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोकको रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा सञ्चालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’ को निरीक्षण गरेका छन् ।

सोही क्रममा उनले ३०० र ५०० मिटर रेञ्जमा स्नाइपर हतियारबाट फायरिङ्ग, ‘फक्स होल’ स्नाइपर मचान तथा विशेष फौज बाहिनी अन्तर्गतका युनिटहरूले प्रदर्शन गरेका विशेष अपरेशनसम्बन्धी कारबाहीको अवलोकन गरेका थिए ।

सो अवसरमा प्रधानसेनापति शर्मालगायत नेपाली सेनाका रथीवृन्दहरूको सहभागितामा पेस्तोलबाट फायरिङ्ग प्रतियोगिता सञ्चालन भएको थियो भने उनीहरूले स्नाइपर तथा अन्य विभिन्न हतियारबाट फायरिङ्ग अभ्याससमेत गरेका थिए । फायरिङ्ग प्रतियोगितामा उत्कृष्ट हुन सफल सकलदर्जालाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले आजै नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण गरेर उक्त वार कलेजको वस्तुस्थिति, तालिम गतिविधिलगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहदानी विभागको टोली पोर्चुगलमा

लिस्वन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी

आज मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन

नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सम्वाद

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी